पाकिस्तानी अर्थमन्त्रीद्वारा राजीनामा घोषणा


 


काठमाडौं, ५ बैशाख । पाकिस्तानी अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन्। त्यहाँका प्रधानमन्त्री इमरान खानले असदको राजीनामाबारे समाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्

पाकिस्तानको मन्त्रिपरिषद फेरबदलको चर्चासँगै मन्त्री असदले राजीनामा घोषणा गरेको बताइएको छ। मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ , उनले भनेका छन् ।

मन्त्री असदको यो निर्णय इमरान मन्त्रिपरिषद्‍ फेरबदलको पहिलो खुड्किलो मानिएको हो ।

प्रधानमन्त्री इमरानले असदलाई अर्थको साटो ऊर्जा मन्त्रालय सम्हाल्न भनेका थिए । तर उनले भने, मैले तत्काल कुनै पनि मन्त्रालय नलिने निर्णयसहित पद त्यागेको हुँ ।

उमरले दिएको राजीनामा प्रधानमन्त्रीकहाँ पुगेको पुष्टि भएको छैन। तर उनको राजीनमा प्रम इमरानले स्वीकार्ने दाबी पाकिस्तानी सञ्चारमाध्यमले गरेका छन्।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्