आराम गर्न पत्नी सितालाई लिएर सुकुटे पुगे प्रचण्ड


 


सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।

उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्