पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा


 


काठमाण्डौँ । ठगीको समाचार लेखेका पोखराका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । । पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो ।

रिहाइको आदेश लगत्तै सम्पादक गिरीले ठगी गर्नेहरुको बिरुद्ध निरन्तर लेखिरहने बताएका छन् । गिरीको पक्राउ बिरुद्ध देशभरका पत्रकारहरुले आन्दोलन गरेका थिए ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्