मजदुरको आन्दोलनले चिया उद्योग ठप्प


 


बिर्तामोड । हरियो पत्तीको सिजन शुरु हुँदै गर्दा बर्षेनी आन्दोलनले अस्तव्यस्त हुने चिया उद्योग बन्द भएको आज १९ औ दिन बितेको छ ।
सरकारले राजपत्रमा सुचना प्रकाशन गरेर श्रम ऐन लागू गरेको छ ।

मजदुरले श्रम ऐन कार्यान्वयनको माग गर्दै बगान बन्द गरेका छन् । आन्दोलनका कारण फस्ट फ्लसको १५ प्रतिशत चिया काम नलाग्ने भइसकेको चिया उत्पादक संघ झापाका अध्यक्ष सुरेशकुमार मित्तलले बताउनुभयो । १९ दिनदेखि भएको आन्दोलनले १५ करोड मुल्य बराबरको चिया खेर गइसकेको उद्योगीहरुको भनाई छ ।

सोही ऐन कार्यान्वयन गर्न उद्योगीहरु पछि हटेपछि देशभरका चिया उद्योग बन्द भएका छन् । अध्यक्ष मित्तलले आवरणमा ४ सय ३१ रुपैंयाँ देखिएपनि ऐनले ५ सय ५५ रुपैंयाँ ज्याला पु¥याउने बताउनुभयो ।

उहाँले बोनस, दशैखर्च र बिदाको समयलाई गणना गर्दा तोकेको ज्याला बृद्धि भएर आउने बताउनुभयो । मजदुरको आन्दोलनका कारण चिया क्षेत्र धरासयी भएको आरोप लगाउँदै मित्तलले यही श्रम ऐन कार्यान्वयन गर्नुपरे उद्योग बन्द गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्