आँधी प्रभावितलाई शिवसताक्षी नगरपालिकाद्धारा ५ लाख सहयोग


 


झापा, बैशाख ५

बारा र पर्साका आँधी प्रभावितलाई झापाको शिवसताक्षी नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।  शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले आज जनकपुरधाम पुगेर ५ लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभएको हो ।

चेक बुझ्दै मुख्यमन्त्री राउतले प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बुसहित टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । चेक बुझाउँदै नगर प्रमुख लिम्बुले प्रदेश २ को बारा र पर्सा जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई सहयोगको लागि जनकपुर पुगेको बताउनुभयो ।

नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाल, वडा नं. २ का अध्यक्ष कुलबहादुर बस्नेत, जग्गाधनी दर्ता प्रमाण पूर्जा समिति झापाका अध्यक्ष राधाकृष्ण खनाललगायतको टोली जनकपुर पुगेको थियो ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्