विप्लवका कार्यकर्ताद्धारा मकवानपुरमा दुईवटा गाडीमा आगजनी


 


मकवानपुर । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिनुभयो ।

यसैगरी मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेको उहाँले बताउनुभयो ।

तीनजनाको समूहले आगजनी गरेर फरार भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्