पर्यटक सवार बस दुर्घटना, २८ जनाको मृत्यु


 


पोर्चुगल : पोर्चुगलमा पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर दुर्घटना भएको हो । बुधबार राति बानिको बजारमा भएको दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । बसमा ५५ जना यात्रु रहेको बताइएको छ ।

मृत्यु हुनेमध्ये ११ जना पुरुष र १७ जना महिला छन् । चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । सडकबाट बस खसेर घरमा ठोक्किएको बताइएको छ । दुर्घटनाग्रस्त बसमा रहेका सबै पर्यटक जर्मन रहेपनि घाइते हुने तथा निधन हुनेमा केही स्थानीय पनि रहेको बताइएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्