गुण्डाको शैलीमा छाडा बोलेर चर्चा कमाएका प्रेम सञ्चजेलले कामै नगरी तलबभत्ता बुझेपछि…


 


विराटनगर । नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलको वास्तविकता बाहिरिएको छ । उनले कामै नगरी एक महिनाको तलब भत्ता बुझेको सार्वजनिक भएको छ । टोले गुण्डाको शैलीमा छाडा बोलेर चर्चा कमाएका सञ्जेलले कामै नगरी तलब र भत्ता खाएको जानकारी पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान अायोगले पत्र काटेको छ ।

उनी अहिले श्रम कार्यालय विराटनगरका प्रमुख रहेका छन । सञ्जेलले निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा पत्र कोटेको हो । सरकारले दिएको जिम्मेवारी पूरा गर्नुको साटो उनले उल्टै प्रधानमन्त्री, श्रममन्त्री, मुख्यसचिव र श्रमसचिव लगायतको नामै काटेर अपशब्द बोल्दै हिडेका थिएँ ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्