नेपालमा अबको दुई महिनामा रेल कुद्ने पक्का


 


काठमाडौं। सरकारले नयाँ वर्षदेखि जयनगर–कुर्था (जनकपुरदेखि पश्चिम) रेल सेवा सञ्चालन गर्ने भनिएपछि दुई महिना ढिला हुने भएको छ ।रेल बनाउने भारतीय कम्पनीले रेल बनेर आउँन अझै समय लाग्ने बताएपछि वैशाखदेखि सञ्चालनमा आउने भनिएको रेल असारमा पुगेको हो ।

सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्न लागेको छ । मन्त्रिपरिषद्ले गत चैत पहिलो साता स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो । कम्पनील रेल बन्न समय लाग्ने बताएपछि सञ्चालनमा ढिला हुन गएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल किन्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । बजेटमा उपलब्ध रकमले दुईवटा रेल खरिद गर्न रकम अपुग नभपछि थप रकम निकासको लागि मन्त्रीपरिषद्मा लगिएको थियो ।

विगत पाँच वर्षपछि पुनः सेवा विस्तार गर्न लागेको हो । यसअघि चालू आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिए पनि ट्याक निर्माणलगायका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ फागुनभित्र जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो। यसअघि चालू आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिए पनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समय सीमाभित्र रेल सेवा सञ्चालन हुन सकेको थिएन।

अब भने कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ,’ मिश्रले भने–‘रेलले एक घण्टाको राउन्डमा सो दूरी पार गर्नेछ। पाँच सय जना चढ्न मिल्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताए। पहिला एउटा रेल सञ्चालन गरेर आवश्यकताअनुसार दुवै रेल सञ्चालनमा ल्याउने मिश्रले जानकारी दिए ।

पाँच वर्षअघिसम्म जनकपुर–जयनगर (३० किलोमिटर) रेल रेल सञ्चालन थियो। त्यसपश्चात सो स्थानमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । अहिले जनकपुरबाट ५ किमी पश्चिम कर्थामा रेल स्टेशन निर्माण भइसकेको छ ।

काठमाडौं–पोखरा–तराई, पूर्व–पश्चिम (मेची–महाकाली), काठमाडौं–तराई, लगायतका दक्षिण सीमा (भारतीय बोर्ड) बाट महत्वपूर्ण औद्योगिक, व्यापारिक शहरहरु एवम् उत्तर सीमा (चीन–तिब्बत) बाट राजधानी काठमाडौंलाई रेल सेवावाट जोड्ने योजना सरकारले बनाएको छ ।

 

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्