बिहिवार विप्लवद्धारा नेपाल बन्दको आह्वान


 


झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते बिहिवार नेपाल बन्दको आह्वान । नेकपा झापाका ईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहले बुधबार बिज्ञप्ती निकालेर पार्टीले आह्वान गरेको बन्द सफल बनाउन सहयोग गर्न अपिल गरेका छन् ।
सरकारले पार्टीमाथि लगाएको प्रतिवन्ध तथा नेता कार्यकर्ताको गिरफ्तारीबिरूद्ध महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित संघर्षका कार्यक्रम घोषणा गरेका थिए।

झापा जिल्लाले जारी गरेको विज्ञप्तिमा भनिएको छ यतिबेला यो कतिथ कम्युनिष्ट नामधारी केपी र बादल सरकारले जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टिमाथी प्रतिबन्ध लगाएको छ । यसको चौतर्फी आम नागरिकहरुले विभिन्न माध्यमबाट बिरोध गरिरहेका छन । रास्ट्र र जनताको पक्षमा इमान्दारिता पुर्वक लागेको हाम्रो पार्टिलाइ दलालहरुका यस्ता प्रतिबन्धले कुनै प्रभाव पार्ने छैन ।

नेकपा प्रतिबन्ध र दमनको शसक्त प्रतिरोध गर्न तयार रहेको भन्दै नेकपा झापाले पार्टी केन्द्रले घोषणा गरेको बन्द सफल पार्न अपिल गरेको हो । साथै नेकपाले बैशाख ६ गतेबाट प्रधानमन्त्री केपी ओलीका गतिबिधी माथी प्रतिबन्ध लगाउने कार्यक्रम पनि यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्