प्रेम सञ्जेललाई अख्तियारले किन पठायो पत्र ?


 


विराटनगर । भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । तर, उनले त्यहाँ हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको बताइएको छ ।

त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनिएको छ । अनलाईन खबरबाट 

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्