सफल बन्दै ओली सरकार, पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सन् २०२० भित्रै सकिने


 


पोखरा ।  पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रन वेको काम सकिएको हो । २५ सय मिटरको यो रनवेमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रनवेमै ढलान गरिएको हो । यो रनवेमा अबको ३० वर्षसम्म पनि समस्या नआउने दावी गरिएको छ ।

‘मुख्य काम सकिएपछि अब हामी यो विमानस्थल तोकिएको मितिभन्दा पहिल्यै सञ्चालनमा ल्याउन सकिने निश्कर्षमा पुगेका छौं,’ महानिर्देशक गौतमले भन्नुभयो । विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने ट्याक्सी वे निर्माणको काम पनि भइरेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

अहिले पनि विमानस्थलमा धमाथम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२० भित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गौतमले बताउनुभयो ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्