बारा र पर्साका आँधीहुरी पिडितका लागि १ करोडको चेक हस्तान्तरण


 


जनकपुरधाम । चैत्र १७ गते बारा र पर्सामा विनाशकारी आँधीहुरीमा परी पिडित भएका परिवारको राहत स्वरुप प्रदेश ३ सरकारले घोषण गरिएको १ करोड रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ ।

आज दिउँसो प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको तर्फबाट एक करोडको चेक हस्तान्तरण गरिएको हो ।विनाशकारी आँधीहुरीमा परी बारा र पर्सा जिल्लामा २८ जनाले ज्यान गुमाउनुको साथै करोडौँको भन्दा बढी क्षती भएको थियो ।

प्रदेश २ का मुख्यमन्त्री राउतले चेक लिदैँ आपत–विपतको समयमा सहयोग गरेकोमा खुशी समेत व्यक्त गरेका थिए । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए ।

तीन दिनको बराबरको चार लाख ६९ हजार ५० रुपैयाँ प्रदेश ३ का सांसदहरुका तलब मुख्यमन्त्री राहत कोषमा जम्मा पारिएको छ । प्रदेश ३ कि उपसभामुख राधिका तामाङले उक्त रकम बैंकमा जम्मा गरेको भौचर मुख्यमन्त्री राउतलाई हस्तान्तरण समेत गरेकी छिन् ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्