बाबु मन्त्रीले छोरा मेयरलाई रकमान्तर गरेर दिए २४ करोड


 


काठमाडौं । शिक्षा स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड बटेट फुटकर योजनमा विनियोजन गरेका छन्।

आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रीले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गएिको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो।

सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको खबर कान्तिपुर दैनिकमा छ। हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार शाह मन्त्री नवलकिशोरका जेठो छोरा हुन्।

राष्ट्रिय जनता पार्टीबाट बाबु छोराले चुनाव जितेका थिए। छोरा मेयर रहेको हनुमाननगर नगरपालिकाका मन्त्री शाहको संसदीय क्षेत्र पनि हो।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्