देउवाले भने : काँग्रेसले आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन


 


काठमाण्डौँ, बैशाख ४

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । प्रेस युनियन कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘काँग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको । हामीले प्रतिपक्षको भूमिकामा निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन। त्यो हामीबाट हुँदैन पनि ।’

साथै वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन गर्ने सभापति देउवाले ठोकुवा गरे। यस्तै, फरक प्रसंगमा सभापति देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भरहेको बताए ।

‘पार्टीका साथीहरु काँग्रेसले गरेको कामको प्रचार भन्दा पनि मेरो विरोध गर्दै हिडेका छन्,’ उनले भने,‘ मेरो आग्रह छ , मेरो विरोध गर्दै गर्दा पार्टीलाई क्षति हुने कुराको ख्याल राखिदिनु होला । मेरोविरुद्धमा बोल्न छुट छ । पार्टीको सभापतिमा चुनाव लड्न पनि छुट सबैलाई छुट छ ।’

पर्टीभित्रको गुटबन्दी अन्त्य गरेर विश्राम लिने भन्दै आगामी पार्टी महाधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने सभापति देउवाले बताए।
पार्टीले थालनी गर्न लागेको राष्ट्रिय जागरण अभियानलाई सफल पार्न पार्टी पंतिलाई निर्देशन पनि दिए । भ्रातृ संगठन अस्तव्यस्त बनेकोप्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा सभापति देउवाले भ्रातृ संगठनलाई चाँडै चुस्तदुरुस्त बनाएर लैजाने बताए ।

टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन उनले सबैको सहयोगको खाँचो औंल्याए ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्