धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु


 


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ निगालेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  राती साढे १२ बजे सोही स्थान बस्ने ३४ वर्षिय लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षा संगै खसेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्