अबको तीन दिनसम्म सतर्क रहन मौसमविद्को सुझाव


 


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने जनाएको छ ।

पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने वायु भित्रिएकाले काठमाडौं उपत्यकामा आज अपराह्न हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मुलुकका कतिपय भागमा चट्याङ पर्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ । पश्चिमी तराईमा गएरातिदेखि नै मौसम बदली भएको र पूर्वतर्फ सर्ने क्रम रहेकाले अपराह्न काठमाडौंमा वर्षा हुने महाशाखाको भनाइ छ ।

बेलुका तथा साँझपख मध्य तथा पूर्वी तराईका केही स्थानमा हुरी बतास आउने र यो क्रम भोलिसम्म कायमै रहने सम्भावना रहेको महाशाखाको भनाइ छ । शुक्रबारदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्