कुन राशिको लागि आजको दिन कति शुभ ? – आज बुधबारको राशिफल


 


श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख ४ गते बुधबार इश्वी सन् २०१९ अप्रिल १७ तारीख चैत्र शुक्ल पक्ष त्रयोदशी तिथी उत्तरफाल्गुनि नक्षत्र धु्रव योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग सुर्य उत्तरायण वसन्त ऋतु महावीर जयन्ती, जैन धर्मावलम्बी मात्र भ.पु. छुमा गणेश यात्रा प्रदोष व्रत –ज्योपं. सरोज घिमिरे/ देशको न्युज

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । यात्रा हुनसक्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्य क्षेत्रमा साधारण अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । समय राम्रो रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । समय मध्यम रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । प्रेम सम्बन्धमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्