विराटनगर देखि तरहरा सम्म मोनोरेल चल्ने , धमाधम काम हुदै


 


दमक झापा बैशाख ३ 
प्रदेश नम्बर १ मा बिधुतिय शहरी पारवहन मोनो रेल सञ्चालनमा आउँने भएको छ । निजि स्तरबाट संचालन हुन लागिएको मनोरेल बिराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरराहसम्म चलाइने छ । ३५ किलोमिटरको दुरी १० देखि १५ मिनेटमा यात्रा गर्न सकिने बताइएको छ । बिराट मनोरेल इन्टरनेशनल प्रालीले संचालनमा ल्याउन लागिएको यो परियोजनामा बिदेशी लगानी समेत हुने छ ।

राजमार्गसंगै पोल निर्माण गरि माथीबाट मोनोरेल चलाइनेछ । कम्पनीका निर्देशक कोवित कार्कीले सरकारसंग सम्झौता गरि ३० वर्षसम्म निजि स्तरमा चलाइने जनाए । त्यसपछि उक्त परियोजना समेत सबै किसिमको ब्यवस्थान सरकारलाई हस्तानतरण गरिने छ । ‘हामिले प्राविधिक पक्ष केन्द्रित अध्ययण अनुसंधान थालेका छौं, इन्जिरिङ्ग प्रावधान अनुसार यसको कतिओटा स्टेशन हुनेछ, त्यो भने पछि तय गरिनेछ तर निकै कम समयमा मान्छेले आवजावत गर्न सकुन भन्ने हो उनले भने ।

डिपिआरको काम अन्तिम चरणमा पुगेको कार्कीको भनाई छ । अहिले ३ भागमा काम सुरु गदैछौ कार्कीले भने । १० देखि १५ मिनेटमा तरहरा देखि मान्छे जोगवनीसम्म पुग्नेछन उनले भने ‘न ट्राफिकको समस्या न धुलो–धुँवा, यो आफैमा आकर्षक सवारी साधन हुनेछ ।’ उनका अनुसार सुरुमा ५ डब्बा भएको रेल ल्याइनेछ भने पछि आवश्यक्ता अनुसार थपिदै जानेछ ।

प्रदेश नम्बर १ अन्तर बिराटनगरबाट सुरुवात गर्न लागेको बिराट मनोरेल इन्टरनेशनल प्रालीले पछि भने बिराटचौकदेखि झापा–इलामसम्म, इटहरीदेखि कोशी ब्यारेजसम्म मनोरेल चलाउने योजना रेहेको कम्पनीका अध्यक्ष प्रमानन्द मेहेताले बताए । उनका अनुसार मनोरेल तराई क्षेत्रमा मात्र संचालन गर्ने प्राविधिक प्रवधान रहेकाले प्रदेशनम्बर १ को समथल क्षेत्रमा यसलाई चलाउने योजना बनाइएको हो ।

के हो मेनो रेल ?
मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेलको लागत प्रतिकिलोमिटर २ देखि ३ अर्ब रुपैयाँ पर्छ ।

मोनो र मेट्रो रेल फरक छ ?

दुई ट्रयाक चाहिने, धेरै ठाउँ ओगट्ने, जमिनमुनि सुरुङ खनेर कुदाउने र अर्बौं लगानी लाग्ने मेट्रो रेल भन्दा मोनोरेल तुलनात्मक रुपमा सस्तो र सजिलो छ । मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन । मोनोको तुलनामा मेट्रो रेल गुडाउनको लागि समय धेरै लाग्छ ।यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ । मोनोरेल बिजुलीबाट चल्छ । निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । वायु र ध्वनी प्रदुषण कम हुन्छ । नागरिकको स्वास्थ्यमै सुधार आउँछ । डिब्वाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन् ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्