नवलपरासीमा भारतले नाला सफाइ गरि रहदा स्थानीयको अवरोध


 


रबिन्द्र यादव/ नवलपरासी पश्चिम ३ बैशाख

भारतले मानमानी रुपमा नेपाल भुमिको जग्गा मिचेर धोबाहा (कंगली) नालाको सफाइ गर्न थालेपछि नवलपरासी पश्चिमका किसानहरु अान्दोलित भएर भारतीय ठेकेदारको काम रोकेका छन ।

भारतले गण्डकमा मानमानी र एकतर्फी रूपमा गर्न थालेकाे काम नवलपरासी पश्चिमका स्थानीयवासीहरुले राेकेका हुन । भारतीय ठेकेदारद्वारा धाेबाहा नालामा सफाइकाे कामकाे लागि लगाइएकाे भारतीय एक्साभेटर प्रतापपुर गाउंपालिका वडा नं ६ कठहवाका स्थानीयवासीले अाइतवार देखि राेकेर काम ठप्प पारेका छन ।

प्रतापपुर गाउंपालिकाकाे वडा नं. ६ कठहवा स्थित धाेबाहा (कंगली) नालामा कामकाे स्टिमेट र सहमति नै तयार नगरेर स्थानीयवासीकाे नीजि जग्गामा भारतीय एक्साभेटरकाे प्रयाेग गरिएकाे अवस्थामा स्थानीयकाे अाक्राेसित भएका छन् । स्थानीय किसानहरुले थाहा पाएपछि त्यहा पुगेर एक्साभेटर मेशिन राेकेर काम अवरुद्ध पारेका छन् ।

बिना अनुमति तथा सहमति जथाभावी नाला खन्दा किसानकाे जग्गा खनिएकाे पिडीत किसानहरुको अाराेप छ । किसानकाे लालपुर्जाकाे जग्गामा नाखा खन्न वा कुनै पनि भारतीय संरचना बनाउन नेपाल सरकारकाे सहमति हुनुपर्ने हो । बाढी सुरक्षाको लागि तटबन्ध बनाउनु पर्ने, किसानले मुवाजा पाउनु पर्ने, किसानकाे जग्गाकाे क्षातिपुर्ति दिनुपर्ने हाे तर त्यसाे नगरेर एकाएक रूपमा नाला र जग्गा खन्न थालिएपछि स्थानियबासीले विभिन्न ५ बुंदे माग राखी अान्दाेलित भएको स्थानीय रामेश्वर कुशवाहाले जानकारी दिएका छन । चाेर्निया खाेलाकाे पानी प्राकृतिक रूपमा बर्षौ देखि निकास हुदै अाएकाे धाेबहा खाेलामा बिना सहमति भारतीय ठेकेदारले नाला खन्न थालेपछि अाक्राेसित स्थानीय एक्साभेटर राेकेका हुन् ।

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्