मन्त्री अर्यालले भनिन् : सरकारी जग्गा व्याक्तिका नाममा कुनैपनि हालतमा दर्ता हुदैन


 


स्याङजा । भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताउनुभएको हो ।

उहाँले त्यस्तो सपना नदेख्न समेत आग्रह गर्नुभयो । ‘यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ’, मन्त्री अर्यालले चेतावनी दिनुभयो । आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उहाले कुनैपनि बहानामा नअलझिने बताउनुभयो । यताउता केही गरेर प्रभावमा पार्ने सोचेको भए त्यो ठुलो भुल हुने मन्त्री अर्यालको भनाइ थियो ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्