रवीन्द्र मिश्रका छाेराले अमेरिकामा चुनाव जिते !


 


काठमाडौं २ वैशाख – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को चुनाव जितेका छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोराले विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को नेतृत्व गर्ने जानकारी दिएका हुन् ।

अगाडि उनले भनेका छन्, ‘मैले चुनाव हारेँको थिएँ । मेरो छोराले जितेछ । मेरा छोराजस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन् । यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन् । दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने ? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु । नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस् !’

यस्ताे छ मिश्रकाे फेसबुक स्टाटस:

बाबा, मैले चुनाव जितेँ मैले चुनाव हारेँको थिएँ। मेरो छोराले जितेछ

Forbes Magazine का अनुसार Bowdoin अमेरिकाको तेस्रो उत्कृष्ट Liberal Arts कलेज हो। A Levels को परिक्षामा उत्कृष्ट (एउटा विषयमा विश्वमैँ उत्कृष्ट) नतिजा लेराएपछि उसले Bowdoin College मा राम्रो छात्रवृत्ति पाएको थियो।

Bowdoin जस्ता कलेजहरूमा पनि लगभग हाम्रा विद्यार्थी युनियनजस्तै संस्थाहरू हुन्छन्। तर ती पूर्णत गैर-राजनीतिक हुन्छन् र तिनले वास्तवमैँ विद्यार्थी र कलेजको हितमा काम गर्नु पर्छ।

त्यसको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ।

छोराले सो चुनाव जितेछ। आज विहानै फोन गरेर उसले भन्यो, “बाबा, मैले चुनाव जितेँ।” उसले अब एक वर्षका लागि Bowdoin Student Government Council को नेतृत्व गर्नेछ।

मेरा छोराजस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन्। यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन्। नेपालमा त्यस्तै दशौँ हजार क्षमतावान विद्यार्थी छन् र यो देश बनेन भने तीमध्ये अधिकांश नेपाल छोडेर जान्छन्।

दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु। नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस्!

छोरालाई धेरैधेरै बधाई र शुभकामना!

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्