भाँचियो गुल्मीको बडिघाट खोलाको निर्माणाधीन पक्की पुल


 


गुल्मी, बैशाख २

गुल्मीको मुसीकोट नगरपालिकाअन्तर्गत बडिघाट खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ३ र ७ को सिमानाअन्तर्गत बडिघाट खोालको झेदीमा निर्माणाधीन पुल आइतबार अपराह्न ४ बजेतिर भाँचिएको हो ।

पुल भाँचिदा निर्माण व्यवसायी चितवनका ऋषिराज इटानी, मुसीकोट नगरपालिका निवासी रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा अचानक बेस भाँचिएको प्रहरीले जनाएको छ । सा पक्की पुल तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको थियो । दुई पिल्लरसहितको पुल ढलान गर्दा अचानक ढलेको स्थानीयबासीले बताएका छन् ।

पुल निर्माण गर्ने जिम्मा वाइपी जनबुद्ध निर्माण सेवा काठमाडौंले पाएको थियो । पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा पुनः म्याद थपेर काम गरिँदै थियो ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्