एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार


 


काठमाडौँ, बैशाख २

सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको बताए ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्