नयाँ वर्षमा मुक्तिनाथमा दर्शन गर्नेको घुइँचो


 


मुस्ताङ। आईतबार नयाँ बर्ष २०७६ सालको पहिलो दिन । बिशेष गरि नेपालीहरुको लागी एकापसमा खुसी साटासाट गर्ने सुनौलो अवसर । यसै अवसरलाइ मध्यनजर गर्दै यस बर्ष मुस्ताङमा हजारौं पर्यटकहरु भित्रिएका छन् । मुस्ताङको घासा हुँदै विभिन्न स्थानहरुको अवलोकन गरि अत्यन्तै महत्व बोकेको धार्मिक स्थल मुक्तिनाथमा आन्तरिक तथा वाह्य पर्यटकहरु भेला भएका छन् । बर्षको अन्तिम दिन शनिवार चैते दशै र आइतबार नयाँ बर्ष भएकोले पनि मुस्ताङमा एक किसिमको रौनक छाएको छ ।

नयाँ बर्ष र चैते दशै मनाउन मुस्ताङ भित्रिएका प्राय सबै पर्यटकहरु आइतबार मुक्तिनाथ परिसरमा पंक्तिबद्ध देखिन्थे । शनिवार मात्र करिब ४ हजार भन्दा बढी आन्तरिक पर्यटकहरुले मुक्तिनाथ मन्दिर दर्शन गरेको हो । हजारौं पर्यटकले दर्शन गर्ने मुक्तिनाथ मन्दिरमा केहि समय यता दर्जन भन्दा बढी समस्या देखा परेको पर्यटकहरुले बताएका छन् ।

यस बर्ष अघिल्लो बर्षको तुलनामा अत्यधिक मात्रामा पर्यटकहरु मुस्ताङ भित्रिएका छन् । यसले पक्कै पनि सकारात्मक सन्देश दिएको छ मुस्ताङको लागि । धार्मिक तथा पर्यटनको हिसाबले अब्बल मानिएको मुस्ताङमा यस बर्ष हजारौं पर्यटकहरू जोमसोम हुँदै मुक्तिनाथ भित्रिएको स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङले बताउनु भयो ।

उहाँले मुक्तिनाथ मन्दिरको व्यवस्थापन लगायतका कुराहरूमा सरोकारवाला निकायले ध्यान दिन सके अझ राम्रो हुने पनि बताउनु भयो । नव बर्षको पहिलो दिन मात्र करिब ४ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ मन्दिर दर्शन गरेको प्रहरी नायब निरीक्षक कृष्ण मुरारी पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्