के विष्णु पौडेलमाथि एक्सन लिँदैछन् प्रधानमन्त्री ओली ?


 


काठमाण्डौँ । प्रधानमन्त्री केपी ओलीले आफू पनि भ्रष्टाचार नगर्ने अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउँदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आफूले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन ।

मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रधानमन्त्री ओलीले कारबाही प्रक्रिया अगाडि बढाउँछन् कि बढाउँदैनन् भन्ने चासोको विषय भएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले दिएको त्यस्तो ‘टीओआर’ पूरा गर्ने आयोग कसरी बनाउने भन्नेबारेमा गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्