आज अपरान्ह संसारभर किन डाउन भयो फेसबूक ?


 


काठमाडौं । संसारभर आइतबार दिउँसोदेखि खोल्न नसकिएको फेसबूकको समस्या अहिले समाधान भएको छ ।  करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीं कतैबाट पनि खोल्न सकिएको थिएन ।

बेलायतको संचारमाध्यम एक्सप्रेसले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यु’ भएको जनाएको छ । युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो व्यापक रुपमा आएको थियो ।

यस्तो गुनासाहरू मान्छेले ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । फेसबूक मात्र नभएर फेसबूक म्यासेन्जरमा पनि समस्या देखिएको थियो ।

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्