पत्रकार महासंघ प्रदेश १ को आफ्नै भवन बन्ने


 


विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश एक समितिको आफ्नै भवन बन्ने भएको छ । आज विराटनगर – ५ को चाँदनी चौक नजिक भवनको शिलान्यास गरिएको छ ।

विराटनगर महानगरपालिकाले प्रदान गरेको एक कठ्ठा जमिनमा बन्ने अत्याधुनिक भवनको शिलन्यास महानगर प्रमुख भिम पराजुलीले गर्नु भएको छ । महानगरले जग्गा उपलब्ध गराएपछि यसअघि भवन बनाउन प्रदेश सरकारले दिएको आर्थिक सहयोगले मुर्त रूप लिएको महासंघका महासचिव विवेक गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन तला हुने भवन १८ सय वर्ग फुटमा बन्नेछ । भवन बनाउन प्रदेश सरकारले ४० लाख बजेट छुट्याएको छ । पहिलो तलामा व्यवसायिक योजनासहितका सटर र पुस्तकालय हुनेछ । त्यस्तै दोस्रो तलामा कार्यालय र बैठक कक्ष हुनेछ । तेस्रो तलामा भने ३ सय व्यक्ति अट्न सक्ने सभाहल हुनेछ ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्