विप्लव निकट शिक्षक संगठनका अध्यक्ष मगर पक्राउ


 


पाल्पा । विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्र्तीण बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ परेका मगरमाथि अनुसन्धान भइरहेको र आइतबार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्