नेपालद्वारा युएई समक्ष २४८ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, चैत ३०
आईसीसी अन्डर–नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) समक्ष २४८ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको हो ।
नेपालका लागि हरि चौहानले सर्वाधिक ६७ रनको योगदान गरे । अविजित रहेका उनले ७४ बल सामना गर्दै ७ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । त्यस्तै भीम सार्कीले ५३ र प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ४४ रन बनाए ।
नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहितकुमार पौडेलले १८ र पवन सर्राफले १२ रन जोडे । युएईका लागि रिसभ मुखर्जीले १० ओभर बलिङ गर्दै ६४ रन खर्चिएर चार विकेट लिए । त्यस्तै मुहम्मद फराजुद्दीले १० ओभर बलिङ गर्दै ५२ रन दिएर तीन विकेट लिए ।
प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार