वाइडबडी बिमान नउड्दा १ अर्ब ६६ करोड नोक्सान


 


काठमाण्डौँ । महालेखा परीक्षकको कार्यालयले ५६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्र्रतिवेदनले अहिलेसम्मको ६ खर्ब ८३ अर्ब ६६ करोड बराबर बेरुजु फस्र्यौैट हुन बाँकी रहेको देखाएको छ ।

महालेखाले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति लगायतको ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको हो । लेखापरीक्षणमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट संघीय सरकारी कार्यालयमा १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगम वाइडबडी बिमान खरिद गर्दा भएको घोटालाबारे छानविन गरिरहेको छ । वाइडबडी बिमानले लक्ष्य उडान भर्न नसक्दा थप नेक्सानी भोग्नु परेको पाइएको छ । यता, महालेखा परीक्षकको बार्षिक प्रतिवेदनअनुसार सुरुवाती ६ महिनामा मात्र निगमले डेढ अर्बभन्दा बढी नोक्सानी व्यहोरेको छ । विमान खरिद प्रक्रिया सुरु गरेपछि निगमले ८ असोज २०७३ मा व्यवसायिक योजना तयार गरेको थियो । २०१९ बाट दमाम, सोल, सिड्नी, टोकियो र हङकङमा उडान हुनुपर्ने भएपनि वाइडबडीले अहिलेसम्म कुनै पनि ठाउँमा उडान भर्न सकेको छैन ।

विमान उडान गर्न नसक्दा चालु आर्थिक बर्षको ६ महिनाममात्रै १ अर्ब ६६ करोड ३१ लाख अनुमानित नोक्सानी हुन पुगेको महालेखाका प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्