नेपालमा भारतको दादागिरी, अनुमति बिनै एयर मार्शल राखिँदै


 


काठमाण्डौँ ।  नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको पाइएको छ ।
नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन एयरलाइन्सले विमानभित्र एयर मार्शल राख्न शुरु गरेको हो ।

नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति बिनै एयरलाइन्सले एयर मार्शल राखेको हो । नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको स्वीकारे ।

उनले भने, ‘इन्डियन एयरलाइन्स मात्र होइन, कुनै पनि एयरलाइन्सले गृह मन्त्रालयबाट एयर मार्शल राख्ने अनुमति लिएका छैनन्, यदी कसैले अनुमति लिएको भए त्यसको जानकारी हामीलाई आउँथ्यो जुन हालसम्म जानकारीमा आएको छैन ।’

कुनै पनि एयरलाइन्सले इनफ्लाइट सेक्युरिटी अफिसर राख्ने अनुमति माग गर्यो र गृह मन्त्रालयले अनुमति दियो भने त्यसको जानकारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्राधिकारणलाई जानकारी गराउनुपर्छ ।

कुनै एयरलाइन्सले त्यसरी अनुमति लिएको जानकारी प्राधिकरणलाई नआएको हवाई सुरक्षा प्रमुख ढकालले स्पष्ट पारे ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्