सिंहदेवी माविकाे हिरक महाेत्सव तस्बिरमा हेर्नुहाेस्


 


भाेजपुर, फागुन ११

यहाँकाे लेखर्क गाविसस्थित सिंहदेवी उच्च माविले स्थापनाकाे ६० अाैं बर्षगाँठ विभिन्न कार्यक्रम गरेर मनाएकाे छ । स्थापनाकाे ६० बर्ष पुगेकाे अवसरमा विद्यालयले हिरक महाेत्सव मनाएकाे हाे । महाेत्सव समापन समाराेहकाे सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हिरक महाेत्सवमा विद्यायले हिरक गेट निर्माण गरेकाे छ ।

गेटकाे सञ्चार मञ्त्री राईले उद्घाटन गरे । त्यस्तै महाेत्सवका अवसरमा हिरक स्मारक समेत निर्माण भएकाे छ । स्मारककाे मन्त्री राई र सांसद जयन्त्री राईले संयुक्त रूपमा उद्घाटन गरेका थिए । गेट निर्माणका लागि मन्त्री राईले सांसद विकास काेषबाट चार लाख विनियाेजन गरेका थिए भने स्मारक निर्माणका लागि सांसद जयन्ती राईले सांसद विकास काेषबाट एक लाख सहयाेग गरेकी थिइन् ।

महाेत्सव समापनकाे अवसर विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै विद्यार्थीहरूले राेचक प्रस्तुति देखाएका थिए । जातजातीहरूले झाँकी प्रदर्शन गरेका थिए । कार्यक्रमा जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख, छिमेकी विद्यालका शिक्षक, विद्यार्थी, स्थानीयवासीकेा बाक्लाे भिड लागेकाे थियाे ।

हेर्नुस् कार्यक्रमका प्रतिनिधिमुलक तस्बिर

IMG_3232 IMG_3247 IMG_3249 IMG_3294 IMG_3295 IMG_3301 IMG_3310 IMG_3315 IMG_3328 IMG_3352 IMG_3356 IMG_3365 IMG_3370 IMG_3380 IMG_3390 IMG_3395 IMG_3431 IMG_3438

प्रकाशित मिति: ११ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्