सुनसरीमा भैसी चोरी गरेर लैजाने गिरोह सक्रिय रहेको फेला


 


इनरुवा । सुनसरीमा सवारी साधनको प्रयोग गरि भैसी चोरी गर्नेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष खोजतलासका क्रममा पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहा नरसिह गाउँपालिका ६ शिबगन्ज टोल स्थित सगमलाल मेहताको भैसि चोरी भए पछि खोजी गर्ने क्रममा प्रहरीले चोरहरुले सवारीसाधनको प्रयोग गरि भैसी चोरी गर्ने गरेको फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चोरी गर्नेहरुले पिकअप भ्यानमा चोरी गरेका भैसी राखेर इटहरी सम्म लैजाने र बिक्री गर्ने गरेको अनुधन्धानका क्रममा खुलेको जनाएको छ ।

भोक्राहा स्थित पुर्वपश्चिम राजमार्ग खण्डमा को।१।च।७३६२ नं।को पिकअप भेनमा लोड भएको अवश्थामा फेला परेको भैँसी कोशी गाउपालिका ४ जुद्धगन्जका मोहम्द जिक्रुल मन्सुरीको भएको फेला परेकाले सवारी चालक शिवशंकर साहलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

यसै गरि चोरी भएको अर्को भैसी भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित उतीमलाल मेहताको खेतमा पम्पीसेटमा बाधेको अवस्थामा फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।

चोरहरुले सप्तरी तिलाढी कोईलाडी ३ का भागवत खंङको भैसी चोरी गरि ईटहरी ५ स्थित मनमाया तामाङलाई २ वटा भैसी बिक्री गरेको अवश्थामा इलाका प्रहरी कार्यालय इटहरीले खोजतलासका क्रममा फेला पारेको सुनसरी प्रहरीले जनाएको छ ।

भैसी खरिद गर्ने मनमाया तामाङले उत्त भैसी सप्तरी घर बताउने मधेशी मुलका मानिसहरुले पिकअ भ्यानमा बिक्री गर्न ल्याएकाले आफुले खरिद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी अनुसन्धान टोली समक्ष वयान दिएको प्रहरीले जनाएको छ ।

चोरीको घटनामा संग्लन रहि पक्राउ परेकालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि चोरी मुद्धामा कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्