श्रीमानको दारि मन नपरेको भन्दै श्रीमतिले मागिन् डिभोर्स !


 


काठमाडौं। सम्बन्ध विच्छेद के कारणले हुन्छ रु सम्बन्ध विच्छेदका विभिन्न विभिन्न किस्साहरु तपाईं हामीले सुनेकै छौं । आजभोली स–सानो कुरामा सम्बन्ध विच्छेद हुने गरेको पाइन्छ ।
तर, मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा अनौठो मुद्दा सार्वजनिक भएको छ । सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको रहन–सहन चित्त नबुझेको बताएकी छिन् । श्रीमतीका अनुसार उनका श्रीमान् नुहाउँदैनन्, चिसो रुमाल खाटमा फ्याँक्छन् र दाह्री पनि काट्दैनन् ।

यो मामलामा परामर्श दिइरहेका शैल अवस्थीका अनुसार दम्पत्तीले सन् २०१६ मा अन्तरजातीय विवाह गरेका हुन् । युवती ब्राम्हण हुन् र युवक सिन्धी समाजका हुन् । विवाहको एक वर्षसम्म दुईजनाबीच सबैकुरा राम्रै चल्यो तर अब उनीहरुबीच झगडा सुरु भयो ।
युवतीले परामर्शदातालाई श्रीमानको रहन–सहन ठिक नभएको बताइन् । उनले भनिन्, ‘उनी सरसफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् ।’
यता श्रीमानले पनि आफू श्रीमतीको हातको खेलौना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु ।’
अचम्मको कुरा के छ भने दुई श्रीमान्–श्रीमती रहन–सहनको कुरामा यति अडिग छन् कि उनीहरु जसरी पनि सम्बन्धविच्छेद चाहन्छन्

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्