सिके राउतले सिरहामा जनसभा गर्दै


 


जनकपुर । सीके राउतले गठन गरेको जनमत पार्टीको पहिलो जनसभा सिरहाको मिर्चैयामा हुने भएको छ । पार्टी गठन भएपछि यो पार्टीको पहिलो जन सभा हो ।

पार्टी अध्यक्ष डा सीके राउतले उक्त जनसभालाइ चैत ३० शनिवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्वतन्त्र मधेशको मुद्दा त्यागेर गठबन्धनले नेपाल सरकार संग ११ बुँदे सहमति गरे पछि नयाँ पार्टी जनमत गठन गरेको थियो ।

पार्टीको पहिलो जनसभा सिरहाको मिर्चैया मोहन माध्यमिक विद्यालयमा हुने जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादव त्यागीले बताएका छन् ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्