स्थानीय तहले नीति विपरीत कर्मचारीलाई भत्ता बाँड्दै


 


झापा । जनप्रतिनिधि आएदेखि आन्तरिक आम्दानीको स्रोत भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रोत्साहनस्वरूप मासिक भत्ता दिँदै आइरहेको पाइएको छ।

नगर तथा गाउँपालिका कार्यालयहरूले मासिक तलब स्केलको आधारमा स्थायी, अस्थायी र करार गरी तीन तहका कर्मचारीलाई प्रोत्साहन भत्ता वितरण गर्दै आइरहेको छ। जनप्रतिनिधि निर्वाचित हुनुअघि वा देश संघीयतामा जानुअघि तत्कालीन स्थानीय निकायमा कार्यरत कर्मचारीलाई यस्तो सुविधा थिएन। कर्मचारीलाई यसरी वितरण गरिँदै आएको प्रोत्साहन भत्ता सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को साउन महिनादेखि नै कटौती गरिसकेको छ। तर झापाका केही स्थानीय तहले मात्र सरकारको निर्णय बमोजिम कानुनको नियम पालना गरेका छन्।

झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तह छन्। त्यसमध्ये छ वटा नगरपालिका र दुई वटा गाउँपालिकाले सरकारको निर्णयलाई अटेर गर्दै कर्मचारीलाई मासिक भत्ता खुवाउँदै आएका छन्। भद्रपुर नगरपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकवल गाउँपालिकाले कर्मचारीलाई तलबसँगै फागुन सम्मको भत्ता दिएको छ। मेचीनगरले दिँदै आएको प्रोत्साहन भत्तामा रोक लगाइसकेको छ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्