यो तस्बिर रातारात भाइरल हुनुको वास्तविकता यस्तो छ


 


एजेन्सी। आइतबार साँझ बारा र पर्सामा भुमरीसहितको हावाहुरीको कारण ठुलो धनजनको क्षति भयो । हावाहुरीकै कारण हजारौँ मानिसहरु घरबार बिहिन बने । सोही कारण धेरै नेपालीहरु तराईमा भएका नेपालीहरुको घाउमा मलहम लगाउन राहत र उद्धारमा खटे ।

कोहीले निस्वार्थरुपमा उद्धार र राहतमा लागे त कोही फोटो खिचाउनकै लागि पनि प्रभावित क्षेत्रसम्म पुगेको पनि देखियो । यसबीचमा नेपाली सामाजिक सञ्जालमा पनि केही तस्बिरहरु यति भाइरल बने की त्यसले राहतको नाममा देखिएको विकृती भन्दै चित्रण गरियो ।

जुन तस्बिरहरुमा सबैभन्दा बढि आलोचित र भाइरल बनेको तस्बिर हो यो । जहाँ ४ जना मानिसहरुले एक जना व्यक्तिलाई २ वटा केरा दिँदै तस्बिर खिचाएका छन् । नेपालमा धेरैले यस तस्बिरलाई बारा र पर्सामा प्रभावितहरुलाई राहत बाड्दाको तस्बिर भन्दै चित्रण गरे ।

कति मिडियाहरुले समेत उक्त तस्बिरको प्रयोग गर्दै त्यसलाई नेपालकै तस्बिर बतायो । सामाजिक सञ्जालमा समेत यो तस्बिर निकै भाइरल बन्यो । राहतको नाममा यस्तो ढोंग गरेको भन्दै खुबै आलोचना पनि भयो तर यो तस्बिर नेपालको नभई भारतको हो । सन् २०१८ मा भारतका ४ जना स्थानीय नेताहरु मिलेर राहतको नाममा २ वटा केरा दिएर तस्बिर खिचाएका थिए ।

जुन तस्बिरको भारतमा समेत निकै आलोचना भएको थियो । अहिले यही तस्बिरलाई नेपालमा प्रयोग भएको हो । धेरै कुरा नबुझे पनि तस्बिरमा देखिएको एक जना व्यक्ति जसले सेतो टोपी लगाएका छन् उक्त टोपीलाई गान्धी टोपी भनिन्छ जुन टोपी नेपालमा कसैले लगाउँदैनन् ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्