मञ्चबाट भाषण सकेर ओर्लिने बित्तिकै यस्तो मृत्यु


 


काठमाडौं । आग्रा उत्तरी विधानसभाबाट पाँच पटक विजयी भएका विधायक जगनप्रसाद गर्गको बुधबार निधन भएको छ । गर्ग स्वच्छ छबि भएका नेता मध्येमा पर्छन् ।

उनलाई त्यहाँका जनताले निकै भरोसा गरेका छन् । उनले आफ्नो क्षेत्रका जनताका लागि निकै काम गरेका छन् । पाँच पटक निर्वाचन जितेका उनले हरेक वर्गको साथ बटुल्दै आएका थिए । बुधबार पनि उनी मञ्चमा त्यसै क्षेत्रका जनतासँग कुरा गर्दै थिए ।

भाषण सकिएलगत्तै जनताकामाझ ओर्लिने क्रममा हृदयघात भएको त्यहाँको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनलाई अस्पताल लैजाने क्रममै मृत्यु भएको हो ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्