देशभरका क्षेत्रीय प्रशासन कार्यालय खारेज !


 


काठमाडौं २८ चैत
सरकारले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय प्रशासन कार्यालयहरु खारेज गरिदिएको छ । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको हो ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकूलप्रसाद बास्कोटाले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा गाभ्ने निर्णय भएको जानकारी दिएका हुन् ।

‘प्रदेश र संघको सम्बन्ध सफल भएन भनेर गुनासो आउने गरेको थियो, अब सुमधुर सम्बन्ध हुन्छ,’ मन्त्री बास्कोटाले भने ।

सरकारले संघ, प्रदेश र स्थानीय सरकार सम्बन्धी समस्वयन गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न अनुमति दिने गरेको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्