‘ठग’ कम्पनी मद्रासलाई फेरि लाइसेन्स छाप्न दिने तयारी


 


काठमाडौं, २८ चैत 
गुणस्तरहीन लाइसेन्स छाप्दै आएको भारतीय कम्पनी मद्रास प्रिन्टर्सलाई नै थप लाइसेन्स छाप्ने दिने तयारी भएको छ । सोही कम्पनीको बदमासीका कारण हाल लाखौं सर्वसाधरणले एक वर्षपछि मात्र लाइसेन्स पाउने गरेका छन् ।

कम रकम प्रस्ताव गरेकै आधारमा सोही कम्पनीलाई दिने तयारी गरेको हो । विभागले १० लाख स्मार्ट कार्ड र एउटा मास प्रिन्टर खरिद गर्न भदौमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्र प्रक्रियामा तीन कम्पनीले प्रस्ताव पेस गरेका थिए। भारतको मद्रास सेक्युरेटी प्रिन्टर र फ्रान्सका आईडीईएमआई र एसईएलपी कम्पनी बोलपत्र प्रक्रियामा सहभागी थिए। विभागले बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरेको थियो । यी पाँच विषयलाई आधार बनाएर हेर्दा मद्रास नै सक्षम रहेको भनेर प्रतिवेदन दिन लागिएको छ ।

सो कम्पनीले सुरुमा कमसल लाइसेन्स छापेको थियो । अर्कातर्फ सम्झौनाअनुसार छाप्न समेत सकेको छैन । जसकारण लाखौं सर्वसाधरण प्रभावीत छन् । तर, सोही कम्पनीलाई फेरि ठेक्का दिन लागिएको छ । यातायातमन्त्री रघुबीर महासेठदेखि विभागका कर्मचारीलाई आफूहरुले हात लिइसकेको सो कम्पनिका प्रतिनिधिहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्