कारको ठक्करबाट युवकको ज्यान गयो


 


मोरङ, चैत २८

मोरङको सुन्दरहरैचा नगरपालिका –४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गएराती मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उपमहानगरपालिका –८ बस्ने २२ वर्षिय प्रकाश चौधरी र पछाडी सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्