सुनको मूल्य घट्यो, हेर्नुहोस् आजको दरभाउ !


 


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्