माओवादीको आक्रमणमा भाजपाका विधायकसहित ५ जनाको मृत्यु


 


भारत : भारतको छत्तीसगढमा आयोजित एक चुनावी र्‍यालीमा आक्रमण हुँदा एक विधायकसहित कम्तिमा पाँच जनाको मृत्यु भएको छ । विद्रोही माओवादीले गरेको आक्रमणमा परी सत्तारूढ भारतीय जनता पार्टी दन्तेवाडाका विधायक भीमा मंडावीसहित उनका चालक र तीन जना सुरक्षाकर्मीको मृत्यु भएको हो ।

विधायक मंडावी चुनाव प्रचारका लागि स्थानीय बजार क्षेत्रमा जाने क्रममा उक्त आक्रमण गरिएको हो । त्यहाँको दन्तेवाडा–सुकमा सडकखण्डमा भएको आक्रमणमा बुलेटप्रुफ गाडीमा पनि ठूलो क्षति पुगेको छ ।

विधायक सवार उक्त गाडी सडकबाट उछिट्टिएर दुई सय मिटर पर पुगेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आक्रमणको भत्र्सना गरेका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्