इलाममा असिनाले क्षण भरमै लाखौको बाली ‘स्वाहा’


 


इलाम, चैत २६

आज दिउँसो इलामको उत्तरी भेगमा परेको असिनाले लाखौको बाली नष्ट गरेको छ । माबु, जमुना र प्याङको माथिल्लो भेगमा परेको असिनाले कोपी, किवी र आलुको पूर्ण रूपमा नष्ट गरेको छ ।

दिउँसो २ बजेपछि करिब आधा घण्टा परेको असिनाले खन्ने बेला हुन लागेको आलु, फूल फुल्दै गरेको किवी फेरि उत्पादन नहुने गरी नष्ट गरेको इलाम जमुनाका कुमार गुरुङले बताए । ‘फेरि नफल्ने गरी सबै बाली पूर्ण रूपमा ध्वस्त गरेको छ ।’ गुरुङले भने,‘फसल खाने बेला सबै सक्यो । सबै भुइमा लत्रिएको मात्र छ’ । गुरुङले १० रोपनी क्षेत्रमा लाएको आलु खेती गरेका थिए भने करिब तीन रोपनी क्षेत्रमा किबी खेती गरेका थिए । तर, त्यो सबै आज परेकी असिनाले ‘स्वाहा’ बनाएको गुरुङले गुनासो गरे ।

असिनाले पहिलो चोटी टिप्न लागेको चियाको समेत सखाप पारको छ । बाक्लो गरी आएको असिनाले उठाउन लागेका सबै खेतीमा पूर्ण रूपमा हानी पु¥याएको प्याङका किसान टिकाराम कुलुङको भनाइ छ । ११ रोपनी क्षेत्रमा १५ मन ९एक मनको ४० किलो० आलु खेती लगाएका कुलुङको अब आलुको फसल उठाउन बारी पस्नु नपर्ने भएको छ ।

‘मंसिरमा रोपेका आलु सबै सखाप भयो । १५ दिनमा खन्न हुन्थ्यो तर आजै असिनाले कुट्नु कुट्यो ।’ कुलुङले भने,‘अहिले त आलुको बाट उखेलेर सबै माटोमा मिलेको छ ।’ यस क्षेत्रका अधिकाशं किसानले लगाएको बालीलाई आज परेको असिनाले पूर्ण रूपमा क्षति पु¥याएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्