मेयरकप क्रिकेट : उपाधीको लागी इटहरी र बिराटनगर भिड्ने


 


इटहरी / इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधीको लागी इटहरी र बिराटनगर महानगरपालिका भिड्ने भएका छन । मंगलबार सम्पन्न सेमिफाइनलमा इटहरीले बेलबारी नगरपालिकालाइ र बिराटनगरले बिर्तामोड नगरपालिकालाइ पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरी उपमहानगरपालिकाले बेलबारी नगरपालिकालाइ ३ विकेटले पराजित गर्दै उपाधी नजिक पुगेको हो । इटहरी ९ स्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिड गरेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रनको योगफल खडा गरेको थियो । बेलबारीका लागी अमित यादव र आशिश झाले २०–२० रनको योगदान दिए ।

अन्य ब्याष्टमेनले दोहोरो रनको योगफल जोड्न सकेनन । बलिडतर्फ इटहरीका रबि शाहले ४ विकेट लिदा उज्वल श्रेष्ठले ३ र जोसेफ खड्काले २ विकेट लिए । जवाफमा ८२ रनको बिजयी लक्ष्य इटहरीले १५ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । इटहरीका लागी अनिष लुइटेलले १६ रन बनाउदा सलमान आलमले १३ र म्यान अफद म्याच रबि शाहले १२ रनको योगदान दिए ।

म्ांगलबार नै सम्पन्न दोसो्र सेमिफाइनलमा बिराटनगरले बिर्तामोड नगरपालिकालाइ १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिड गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ८२ रनको बिशाल योगफल खडा गरेको थियो । बिराटनगरका लागी दिपेश कंडेलले सर्वाधिक ५७ रनको पारी खेले ।

यस्तै पुष्प थापाले ३१, फिर्दोष अन्सारी २९ र दिपक पासवानले २८ रनको योगदान दिए । बलिडतर्फ बिर्तामोडका बिनित बास्तोलाले २ विकेट लिए ।जवाफमा १ सय ८३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको बिर्तामोड १६ दशमलव ५ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाउन सक्यो ।बिर्तामोेडका लागी समिर कार्कीले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन ।

बिर्तामोडलाइ सस्तैमा समेट्न पुष्प थापाले ३ बिकेट, श्रवण यादव र म्यानअफ द म्याच दिपेश कंडेलले २ बिकेट लिए । इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु प्रतियोगताको उपाधी भिडन्त भोली बुधबार हुनेछ । एक नम्बर प्रदेशका ८ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र टफी तथा दोसो्र हुने टिमले २५ हजार र टफी पाउने छन ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्