गरिबलाई अब १ लाखको निःशुल्क स्वास्थ्य विमा गर्ने सरकारको तयारी


 


काठमाडौं । सरकारले गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन् ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर सञ्चालनमा ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था पनि गरिएको जानकारी दिए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । अब गरिव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा दिने गरी अर्थमन्त्री खतिवडाको योजना छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्