विप्लवद्वारा वैशाख ५ गते नेपाल बन्दको घोषणा


 


काठमाण्डौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्त्री ओलीलाई नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनिएर उल्लेख गरिएको छ ।

ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको कथित नेकपा नेकपाको ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राती अंकुश लगाउने काम भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्