ओलम्पिक महिला फुटवल छनोट : प्रतिष्ठाका लागि नेपाल इन्डोनेसियासँग खेल्दै


 


काठमाण्डौँ, चैत २६

ओलम्पिक छनोटमा तेस्रो चरणमा पुग्ने संभावना समाप्त भइसकेको नेपाली महिला फुटबल टिमले समुहको अन्तिम खेलमा आज इन्डोनेसियासँग खेल्दैछ ।

नेपाली टिमले पहिलो पटक इन्डोनेसियासँग खेल्ने लागेको हो । यो खेल दिउँसो तीन बजेबाट सुरू हुनेछ । समुहमा दुबै टिमले दुई खेल हारिसकेका छन । जसका कारण दुबै टिम प्रतिष्ठाका लागि खेल्नेछन ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भारतसँग पनि नेपाल समान स्कोरले हारेको थियो । यता इन्डोनेसिया पहिलो खेलमा भारतसँग २–० र दोस्रो खेलमा म्यानमारसँग ६–० ले हारेको थियो । फिफा वरियतामा इन्डोनेसिया ८६ औ स्थान छ भने नेपाल १०३ औ स्थानमा रहेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्