बसुन्धारामा बम भेटियो


 


काठमाडौं राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ । कल्चर सेन्टरको कार्यालयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाण्डुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले कल्चर सेन्टरका संचालक प्रकाश सुवेदी सहित ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत डिएसपी बोगटीले बताए ।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्